Aamsanchar

‘’युईएमा नेपाली लगानीको शुभयात्रा ट्राभलको सेवा शुरु’’

Author Image
शुक्रवार, वैशाख २९, २०७४

भरत शिवाकोटी,

   [युएई]

पछिल्लो समय नेपालीहरुको समेत व्यापारिक आकर्षण केन्द्र बन्दै गैरहेको युएईमा पुन: अर्को एक नेपाली व्यवसाय थपिएको छ | युएईका नेपालीहरुको जमघटको मुख्य केन्द्रबिन्दु रहेको बरदुबईमा तीन नेपाली व्यावसायीहरुको संयुक्त लगानीमा नयाँ शुभयात्रा ट्राभलले आफ्नो सेवा आरम्भ गर्दै नेपाली व्यवसायीहरुको जमातमा थप एक इँटा थपेको हो । १२ मे २०१७ शुक्रबारबाट सेवा सुचारु हुने शुभयात्रा ट्राभल एण्ड टुरिजम एलएलसीको औपचारिक उद्घाटन भने केही हप्तापछि भब्यताका साथ गरिने सञ्चालकहरुले बताएका छन ।

मुख्यतः युएईमा रहेका नेपालीहरुलाई लक्षित गर्दै खोलिएको यस ट्राभलले एयर टिकट, होटल बुकिङ, टुरिस्ट भिसा, भिसा चेन्ज, डेजर्ट सफारी ,द्योउ क्रुज लगायतका सेवाहरु प्रदान गर्ने सञ्चालकमध्येका एक तोया चौलागाईंले जानकारी दिएका छन।केही एयरलाईन्सले यात्रुहरुलाई पानी समेत नदिई महँगो भाडा असुली गरिरहेको वर्तमान अवस्थामा नेपाली एयरलाईन्स कम्पनीलाई विशेष प्राथमिकतामा राखी प्रतिस्पर्धात्मक तथा तुलनात्मक रुपमा गुणस्तरीय सेवा प्रदान गर्न लागिपर्ने शुभयात्राका सञ्चालकहरुले बताएका छन ।

बरदुबईको केन्द्र बिन्दुमा रहेको बलिउड बिल्डिङको पहिलो तलाको १०५ नम्बरमा रहेको शुभयात्रा ट्राभलमा झापाका तोया चौलागाई र दिलिप मैनालीका साथमा बुटवलका कृष्णप्रसाद भट्टराईको संयुक्त लगानी रहेको छ भने यस ट्राभलले युएईबाट बिक्री गरिएका टिकटहरुमा केही परिर्वतन गर्नु परेमा काठमाडौंमा रहेको सुप्रिम होलिडे ट्राभलबाट फोनमार्फत सेवा प्रदान गर्नेछ । विगत १२ वर्षदेखि ट्राभल क्षेत्रमा आबद्द नेपालमा सुप्रिम होलिडे ट्राभल प्रालिका प्रबन्धक तथा विगत ५ वर्षदेखि युएईमा सफलतापूर्वक सञ्चालित सिल्भर स्पुन रेन्टुरेन्टको सञ्चालक तोया चौलागाईले युएईका नेपालीहरुलाई लक्षित गर्दै सस्तो र सुलभ गरि सेवा उपलब्ध गराउन शुभयात्रा ट्राभलको व्यवसाय तथासेवा शुरु गरेका जानकारी दिएका छन ।

विगत एक दशक भन्दा बढी समय देखि युएईमा ब्लुसिटी इलेक्टिकल ट्रेडिङ सञ्चालन गर्दै आएका बुटवलका कृष्णप्रसाद भट्टराईलेआफुले प्राप्त गरेको अनुभवले ट्राभल क्षेत्रमा लगानी गरेको बताएका छन । त्यसैगरी लामो समय देखि युएईमा रोजगारीमा रहेका झापाका दिलिप मैनालीले पहिलो व्यावसायका रुपमा शुभयात्रा ट्राभलमा लगानी गरेका हुन । यस क्षेत्रमा नयाँ भएपछि अनुभवी पार्टनरको सहकार्य र नेपालीहरुको सेवा एवं सहयोगमा शुभयात्रा ट्राभललाई सफलतातिर लिएर जाने दिलीपले बताएका छन ।

युएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाहरुका लागि बैठक तथा अन्तरक्रियाका निमित्त शुभयात्रा ट्राभलले निःशुल्क हल उपलब्ध गराउने सञ्चालकहरुले जानकारी दिएका छन |

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर