Aamsanchar

जेष्ठ नागरिकलाई एनएमसीको सम्मान

Author Image
शुक्रवार, वैशाख २९, २०७४

काँकरभिट्टा।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत समिति ज्येष्ठ नागरिक सरोकार समितिले ज्येष्ठ नागरिकलाई एकदिने अवलोकन भ्रमण गराएको छ ।
संस्थाले सुरुङ्गा, दूधे र बनियानी क्षेत्रका ३५ जना ज्येष्ठ नागरिकलाई अवलोकन भ्रमण गराएको हो । अवलोकन भ्रमण अन्तर्गत अर्जुनधारा जलेश्वरधाम, सुखानी पार्क, एनएमसी डेरी तथा काँकरभिट्टा खानेपानी संस्थाको परिसर लगायत रहेको छ ।
भ्रमणपछि काँकरभिट्टास्थित एनएमसीको प्रधान कार्यालयमा आयोजित सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकसँग अन्तरक्रिया समेत गरिएको थियो ।
एनएमसीका अध्यक्ष एवम् ज्येष्ठ नागरिक सरोकार समितिका संयोजक रामचन्द्र उप्रेतीले आर्थिक वर्ष २०७३÷०७४ मा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

अवलोकन भ्रमणमा ज्येष्ठ नागरिक सरोकार समितिका संयोजक रामचन्द्र उप्रेती, सदस्यहरु नरेन्द्रप्रसाद सिटौला, कुलप्रसाद तिवारी, कमला सुवेदी तथा समितिका सदस्य सचिव चेतन शर्मा पौडेल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
मङ्गलवार, असोज ८, २०८१
किन बौलाउँछौ ? 
मङ्गलवार, असोज ८, २०८१