Aamsanchar

आजकाे माैसम

Author Image
सोमवार, कार्तिक १९, २०८१

काठमाडौं – पहाडी र मधेशका केही भूभागमा सोमबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाको अनुमान छ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

बागमती र गण्डकीको पहाडी भूभागका केही, बाँकी पहाडी भेगका थोरै तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखा अनुसार राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजकाे माैसम
शनिवार, कार्तिक १७, २०८१
आजकाे माैसम
बिहिवार, कार्तिक १५, २०८१