विराटनगर – कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री र प्रदेश सरकारलाई जानकारी समेत नदिई जापान गएको विवाद बढेपछि अधिकारीले मुख्यमन्त्री हिक्मत कार्कीलाई आज प्रदेश राजधानीमा बुझाएका हुन् । विवाद भएपछि कार्कीले राजीनामा दिन निर्देशन दिएका थिए ।
मन्त्री विदेश भ्रमणमा जाँदा प्रदेश र संघीय सरकारको अनुमति लिनुपर्छ । तर, मन्त्री अधिकारीले सो प्रक्रिया पूरा नगरी कात्तिक १३ गते जापान गएका थिए । उनी टोकियो महानगरपालिकाको कार्यक्रममा गएको भनिए पनि कार्यक्रम तय थिएन ।
विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्छ । विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाएपछि प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
1
+1
+1
+1
+1
Views: 27