काठमाण्डौ – आज देशका धेरै ठाउँको मौसम सफा छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । अरु ठाउँको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी एकरदुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् विनु महर्जनले बताउनुभयो ।
केही दिनदेखि न्यूनतम तापक्रम घट्न थालेको छ । यससँगै चिसो बढ्दै गएको छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियसमा झरेको छ ।
काठमाण्डौमा आज अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 10