Aamsanchar

पोखरामा एमालेको प्रदर्शन

Author Image
बुधवार, कार्तिक २८, २०८१

पोखरा- नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आज पनि पोखरा महानगरपालिका घेरेका छन् । करार कर्मचारी हटाउने कार्यपालिका बैठकले निर्णय गरेपछि एमाले हप्ता दिनदेखि आन्दोलित छ ।

बुधबारको प्रदर्शनमा एमालेले विशेष नगरसभा माग गरेको छ । बिहीबार लिखित रूपमा नगरसभा मागको पत्र बुझाउने दलका नेता राधिका शाहीले जानकारी दिइन् ।

‘बिहीबार उपमेयर आउनुहुन्छ । सल्लाह गरेर लिखित माग गर्छौँ’ उनले भनिन् । नगरसभामा एमाले बहुमत छ । कार्यपालिकामा भने कांग्रेसको बहुमत छ । यहाँका मेयर धनराज आचार्य एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन । विशेष नगरसभा बोलाउन २५ प्रतिशतको समर्थन चाहिन्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर