Aamsanchar

नवीन माथि छुरा प्रहार,एक पक्राउ

Author Image
शनिवार, वैशाख ३०, २०७४

बिर्तामोड।

ज्ञानज्योति युवा क्लव सुरुङ्गाका अध्यक्ष नेत्र सेढाई [नवीन]माथि छुरा प्रहार भएको छ ।
शुक्रवार साँझ ८ वजे कनकाई नगरपालिका–३ टप्पु भन्ने स्थानमा पानपसल अगाडि उनीमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ । उनलाई कनकाई नगरपालिका –४ निवासी ज्ञानेन्द्र चुडाल र कनकाई नगरपालिका –३ निवासी चीरन भनिने चिरन्जीवी विमलीले छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
मजदुरसंग विवाद गरिरहेका चुडाल र विमलीलाई मजदुरसंग विवाद नगर्न आग्रह गर्दा सेढाइमाथि छुरा प्रहार भएको स्थानीयवासीले बताएका छन् । छुरा प्रहारबाट सेढाइको कोखामा गहिरो चोट लागेको छ । उनको बिर्तामोडस्थित वीएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
छुरा प्रहार गर्ने चुडाललाई पक्राउ गरिएको र विमली फरार रहेकाले उनीहरुको खोजीकार्य भएरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानवहादुर विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)