Aamsanchar

मोरङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे मृ*त्यु

Author Image
शनिवार, मंसिर १, २०८१

प्रतिकात्मक तस्बिर

विराटनगर – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ सुनझोडा पुलमा टिपरको ठक्करबाट शनिबार दिउँसो दुई जनाको मृत्यु भएको छ।

 

मिक्स गिट्टी बोकेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए। उनका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको टिपरले पूर्वतर्फ जाँदै गरेको २० प ६०७ नम्बरको मोटरसाइकललाई दिउँसो २स्३० बजेतिर ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको डीएसपी दाहालले बताए। गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको थियो। उपचारका क्रममा दिउँसो ३:२० बजेतिर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

दुवै जना मृतकको शरीरका विभिन्न भागमा चोट लागेको छ। दुर्घटनालगत्तै प्रहरीले मोटरसाइकल, टिपर र टिपर चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३५ वर्षीय सुरेश राईलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मोटरसाइकल क्षतिग्रस्त अवस्थामा छ।

उक्त टिपर निर्माणाधीन पूर्व–पश्चिम राजमार्गमा निर्माण सामग्री ओसारपसारका लागि प्रयोग गरेको पत्ता लागेको प्रहरीको भनाइ छ। टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको जानकारी डीएसपी दाहालले दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर