Aamsanchar

गौतम समाज झापाको साधारणसभा सहित गोष्ठधुप सम्पन्न

Author Image
आइतवार, वैशाख ३१, २०७४

खुदुनाबारी,


झापाको कन्काई नगर कोटीहवन स्थित अत्रि अनुसूया आश्रममा गौतम समाज झापाको साधारणसभा तथा गोष्ठधुप सम्पन्न भएको छ । गौतम बन्धु समाज झापाले भवन निर्माण गर्ने २ जना व्यक्तित्व सहित आश्रम संस्थापकका सुपुत्रलाई सम्मान गरेको छ ।
एक वटा कोठा सहित हल निर्माण सहयोग गरेको भन्दै काठमाण्डौ धापासी निवासी नरेश गौतम,अनिता गौतम सम्मानित हुनुभएको थियो भने आश्रम संस्थापक स्व.हरि पसाद गौतमका सुपुत्र उदयनारायण गौतम सम्मानित हुनुभएको हो ।  कार्यक्ममा बोल्ने अधिकास वक्ताहरुले गौतम बन्धुको इतिहासलाई रक्षा गर्ने, पुराना पुस्ताहरुको मर्यादा क्रम सहित निरन्तर मानवसेवामा समर्पित हुनुपर्ने धारणा राखेका थिए । गौतम बन्धु समाज झापाका अध्यक्ष हरि पसाद गौतमको अध्यक्षतामा भएको कार्यकममा गौतम बन्धु समाजका अगुवा पुस्ता ४३ का सुनील गौतमको पमुख आतिथ्यता रहेको थियो ।
गौतम बन्धु समाज केन्दिय महासचिव बिशाल गौतम,स्वामी डम्बरनन्द्र गौतम,गौतम बन्धु समाज झापा पूर्व अध्यक्ष प्काशचन्द्र गौतम,विर्तामोड गौतम समाज नगर समिति अध्यक्ष सोमनाथ गौतम,पत्रकार सागर गौतम,सल्लाकार मित्र प्रसाद गौतम,कुल प्रतिष्ठान झापा सल्लाकार रुपनारायण गौतम मेचीनगर सहसचिव प्रितम गौतम,जिल्ला सचिव खेमलाल गौतम, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बन्धु समाज चुलाचुली संयोजक राम कुमार गौतम,पुस्ता नम्बर ४४ का उमानाथ गौतम,पुस्ता४५का सुनील गौतम,स्वामी डम्बरनन्द गौतम,बन्धु समाज अर्जुनधारा नगर अध्यक्ष कृष्ण गौतम,गौतम बन्धु समाज सिक्किम अध्यक्ष भवानी गौतम लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्ममा मोरङको विराटनगर,राजघाट,विराटचोक,कल्याणपुर,सुनसरी,इटहरी,धरान,ईलामको चुलाचुली,दानाबारी,महोत्वरीको बर्दिबास सहित भारतको सिक्किम,सिलगुडी क्षेत्रका बन्धुहरुको उपस्थिती रहेको थियो । बन्धु समाज झापा जिल्ला सदस्य सोमनाथ गौतमको स्वागत रहेको कार्यक्म संञ्चालन जिल्ला सदस्य नितिरमण गौतमले गरेका थिए ।

सल्लाकार राम गौतम,सिक्किम प्रदेश अध्यक्ष भवानी शंकर गौतम,उदयनारायण गौतम,सचिव खेमलाल गौतम,सिलिगुडीबाट प्रतनिधि जनाउने माधव गौतम लगायत ३ सय ५० जना गौतम बन्धुहरुको उपस्थिती रहेको जनाइएको छ ।जिल्ला सचिव तथा बंशावली लेखक खेमलाल गौतमले छुटेका बन्धुहरुको नाम नामेसी उपलब्ध गराउनु भएको थियो । गत पुराणमा अक्षयकोष वापत संकलित रकम ६ लाख कर्णाली बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरिएको बताउँदै त्यसबाट उपलब्ध ब्याजले मात्र अलग्गै समिति निर्माण गरी विनियम बनाई खर्च गरिने बताउनुभयो । हाल सम्मको आय–व्ययको विवरण पेश गदै सचिव खेमलालले आय व्ययको सम्पूर्ण हिसाब पारदर्शी रहेको रकम नेपाल बैंक मार्फत खर्च भई रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा आगामी हिँउदमा पुराण लगाइने,आजीवन सदस्यता बिस्तार गरिने,अक्षयकोषको ब्याज कसरी गर्ने,आवश्यक निर्माण समिति तथा आर्थिक संकलन समिति बनाइने,वंशावली समिति बनाइने,दाताहरुको नाम अभिलेख राखी स्मारिका तथा फ्लेक्समा उतार्ने बिषयमा छलफल समेत भएको थियो । जग्गादाता गौतम बन्धुहरु खुदुनाबारी निवासी हाल काठमाण्डौ निवासी बसोबास गर्ने राजेन्द्र गौतम,धुलाबारी निवासी महेन्द्र गौतम,बुद्धशान्ति गाँउपालिका बस्ने नेत्र पसाद्र गौतमलाई शब्द सम्मान सहित आभार प्रकट गरियो ।

सभामा धरानका बन्धु अर्जुन गौतमले भवन निर्माणको निम्ति ३१ हजार नगद रुपैंया प्रदान गर्नुभएको थियो भने बर्दिबास बन्धु रुपनारायण गौतमले ५१ हजार रुपैया दिने उदघोष गदै सबैमा प्रेरणा दिनुभएको थियो ।
त्यस्तै सिक्किम गौतम समाजद्धारा ३४ वाई ५९ को हाम्रो भूमिको पक्कि पर्खाल र गेटका लागि लाग्ने सबै खर्च व्यहोर्ने शुभ समाचारले सहभागी माझ आकर्षित गराउनुभएको थियो । सभाको अन्त्यमा अध्यक्ष हरिपसाद गौतमले मन्तव्यका क्रममा उठेका जिज्ञाशामुलक प्रश्न र प्रति पश्नको जवाफ सहित गौतम समाज झापाको कुनै पनि कार्य सामुहिक निर्णयमा र पूर्ण पारदर्शिताका साथ भइरहेको कुरामा विशेष जोड दिनुहुदै समाजले अगाडि सारेको करिब ४५ लाखको निर्माण गर्न लागिएको सुविधा सम्पन्न आश्रम भवन निर्माण कार्यमा सबैको ध्यान आकर्षित पार्नुभयो ।

उक्त आश्रमको परिकल्पनाकार पुण्य प्रसाद गौतमको भएपनि यसलाई संसार भरिका गौतमहरुको साझा मूल घरको रुपमा हेरिनु पर्ने धारणा पस्तुत गर्नुभयो । प्रादेशिक अवधारणामा अनुसार मुलुक गएकाले १४ वटै जिल्लाका गौतमहरुको गौतम धामको रुपमा सबैले हेरिनु पर्दछ ।

सबैबाट यो आश्रम हामो घर हो भन्ने जागृत हुनु पर्दछ भन्नु हुदै झापा जिल्लामा विभिन्न ईकाइ समिति गठन गरिएको बताइएको छ । त्यस्तै सिक्किममा २४ जना प्रतिनिधि बन्धु भ्रमणमा गई समिति गठन गरेको,चुलाचुली इलाममा भव्य समारोहका साथ समिति गठन गरिएका साथै इलाम,पाँचथर,ताप्लेजुङ सहित भारतका कालिङपोङ,दार्जिलिङ र सिलगुडीमा समेत गठन गर्न पहल भइरहेको बताइएको थियो ।

कार्यक्रममा अन्य सहयोगी बन्धुहरुमा जयनारायण गौतम,पुण्य प्रसाद गौतम,बिष्णु पसाद गौतम,भुमा गौतम,धर्मेन्द्र गौतम,लोकनाथ गौतम,मन्जु गौतम,त्रिलोचन गौतम(चुलाचुली),नारायण गौतम,केशव गौतम,जगन्नाथ गौतम,पर्शुराम गौतम,अम्बिका गौतम,कृष्ण प्रसाद गौतम,देवी प्रसाद गौतम,सिर्जना गौतम लगायत अन्य गौतम बन्धुहरुको उपस्थिती रहेको थियो ।

सनातन धर्मको मान्यता अनुसार पुर्खाले गरी ल्याएका विधानका साथ गुरु पुरोहितहरु संलग्नतामा गोष्ठधुप तथा बन्धु नन्दिकिशेर तथा छविलालको नेतृत्वमा कुल पूजा समेत सम्पन्न गरि स्वस्ति शान्ति सहित फूल टिका प्रसादि वितरण गरियो । गोष्ठधुपमा सबै गाईपाला बन्धुको घरबाट एक एक ढुङगा दूध ल्याउने पुरानो चलन छ । गोष्ठधुपमा दूध सहित फूलपाती चामल,ध्यू,भेटी,यज्ञ सामागी र पूजा सामागी ल्याउने गरिन्छ । यस कार्यमा भान्जालाई पुरोहित पाउन सके अझ उत्तम मानिन्छ । गोष्ठधुप गर्नाले आफनो घर गोठमा पालिएका पुच्छर भएका (गाइ,गोरु,भैंसी,राँगा,बाच्छा,बाच्छी,पाडा,पाडी) हरुमा रोग व्याधिनलागोस अभाव नहोस ,गोठ सदा भरिपूर्ण होस, लक्ष्मीले सदा बास गरुन कदाचित पशु माथि कुनै अन्याय गरेको भए माफि होस,घर धनी सहित गोठाहरुमा समेत कुनै अडचन बाधा नआओस भन्दै वर्षको २ पटक चण्डी पुर्णिमा (उभौलि) र धान्य पूर्णिमा उधौलीमा गोठ पूजा गर्ने गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज अष्टमी श्राद्ध
बुधवार, असोज ९, २०८१