Aamsanchar

सहकारीका बचतकर्तामाथि सरकारले दमनलाई निरन्तरता दिए राप्रपा प्रतिवादमा सडकमा आउँछ : लिङदेन

Author Image
बिहिवार, मंसिर ६, २०८१

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सहकारीका बचतकर्तामाथि ‘अमानवीय र बर्बर आक्रमण’ गरिएको आरोप लगाएको छ । पीडितलाई सान्त्वना दिनुको साटो र बचत रकम फिर्ताको निश्चितताजस्ता सहयोग गर्नुपर्नेमा ‘दमन’ गरिएको भन्दै राप्रपाले त्यसको भर्त्सना गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत पीडितको बचत फिर्ताको माग गरेका छन् । “यसप्रकारको अमानवीय कार्य तत्काल रोक्न र सहकारीपीडितहरूको बचत फिर्ताको सुनिश्चितता गर्न माग गर्दछु,” फेसबुकमा उनले लेखेका छन् ।

सरकारले दमनलाई निरन्तरता दिए राप्रपा प्रतिवादमा सडकमा आउन बाध्य हुने चेतावनी समेत उनले दिएका छन् । “सरकारले यसप्रकारको दमनलाई निरन्तरता दिए एक जिम्मेवार राजनीतिक दलको नाताले जनताका पक्षमा राप्रपा प्रतिवादमा सडकमा आउन बाध्य हुनेछ,” उनले लेखेका छन् ।

लिङदेनको फेसबुक पोस्ट पढ्नोस्–
आफ्नो बचत फिर्ता, ठगहरूमाथि कारबाही जस्ता माँग लिएर अगाडि बढेका सहकारी पीडितहरुमाथि सरकारले सान्त्वना दिन, बचत फिर्ताको सुनिश्चितता जस्ता सहयोग गर्नुपर्नेमा जुन प्रकारको अमानवीय र बर्बर आक्रमण गरेको छ। राप्रपा त्यसको घोर भत्सर्ना गर्दछ।
यसप्रकारको अमानवीय कार्य तत्काल रोक्न र सहकारी पीडितहरूको बचत फिर्ताको सुनिश्चितता गर्न माँग गर्दछु।
सरकारले यसप्रकारको दमनलाई निरन्तरता दिए एक जिम्मेवार राजनीतिक दलको नाताले जनताका पक्षमा राप्रपा प्रतिवादमा सडकमा आउन बाध्य हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर