Aamsanchar

अहिलेको समय सम्भावना देखाउने र आशा जगाउने समय : सांसद सुहाङ नेम्वाङ

Author Image
बिहिवार, मंसिर ६, २०८१

काठमाडौं – सांसद सुहाङ नेम्वाङले एकथरी मान्छेहरु अब देश बन्दैन भन्ने भाष्य बनाउन लागि परिरहेको बताएका छन्। एकथरीको चाहना सिंगो नेपाली समाजलाई ‘डिप्रेसन’मा लैजाऔं भन्ने चाहना रहेको बताउँदै उनले त्यसलाई रोक्नुपर्ने धारणा राखेका हुन्। एउटा पुस्तालाई नै डिप्रेसनको शिकार बनाइँदिउ भनेर अगाडि बढिरहेको उनको तर्क छ।

 

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्: एकथरी मान्छेहरु यस्तो भाष्य बनाइरहेका छन्, ‘मानौं देश सबै सकिसक्यो। अब देश बन्दैन।’ उनीहरुले प्रवाह गरिरहेको सन्देश हो, ‘केही भएको छैन। हुनेवाला पनि छैन।’ उनीहरु चाहान्छन् सिंगो नेपाली समाजलाई ‘डिप्रेसन’मा लैजाऔं। एउटा पुस्तालाई नै डिप्रेसनको शिकार बनाइदिम्।’ उनीहरु भनिरहेका छन्, ‘हामीले बनाएका वैधानिक संरचना, प्रक्रिया र प्रावधान बेठीक। हुल हुज्जत ठीक।’ त्यसैको जगमा ‘एनार्की’ भित्राएर ‘ऐतिहासिक लुटपाट’ सुरु गरौं।

 

सांसद नेम्वाङले ‘निराशाको भाष्य’ उत्पादनको कारखाना, उत्तेजना कोरेल्ने कारखाना र वितरण प्रणाली र प्रक्रिया बारेमा आफूहरू जानकार रहेको बताए। ‘निराशाको भाष्य उत्पादनको कारखाना, उत्तेजना कोरेल्ने कारखाना र वितरण प्रणाली र प्रक्रिया बारेमा हामी जानकार नभएका पनि होइनौं।’ उनले भने, ‘हो ! जति हुनुपर्ने भएको छैन। समस्याहरु नभएको भने होइन। कमजोरीहरु होलान्। तर समाज र पुस्तालाई डिप्रेसन लैजाने प्रयास सर्वथा गलत छ।’

अहिलेको समय सम्भावना देखाउने र आशा जगाउने समय भएको उनको तर्क छ। नेम्वाङले भने, ‘यो समय हाम्रो अज्रस शक्ति, उज्यालो सम्भावना, सामर्थ्य र अभिलाषा नष्ट गर्ने होइन। आशा जगाउने समय हो। हो, त्यही आशा जगाउने एउटा कार्यक्रम हो, ७ मंसिरको। मंसिर ७ मा दरबार मार्गमा भेटौं है ! ’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)