कास्की – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। म्याद थपका लागि आज उपस्थित गराइएका रविलाई भीमलाल बेलबासेको इजलासले १५ दिनको म्याद थपको अनुमति दिएको हो।
यसअघि कार्तिक २५ गते थपिएको १३ दिने म्याद सकिएलगत्तै आज फेरि लामिछानेलाई अदालत उपस्थित गराइएको थियो।
लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
1
+1
+1
+1
+1
+1
Views: 30