Aamsanchar

आजको माैसम

Author Image
मङ्गलवार, मंसिर ११, २०८१

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित तराईका क्षेत्रमा हल्का हुस्सु लागेको छ । हुस्सुका कारण बिहान भिजिविलिटी कम भए पनि घाम लाग्दै जाँदा हुस्सु हट्ने र भिजिविलिटी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो केहीबेर बादल लागे पनि धेरै ठाउँको मौसम घमाइलो हुने मौसमविद् मीन कुमार अर्यालले बताउनुभयो । देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेकाले पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ ।

यी प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
सोमवार, मंसिर १०, २०८१
आजको माैसम
मङ्गलवार, मंसिर ४, २०८१
आजको माैसम
आइतवार, मंसिर २, २०८१