Aamsanchar

राप्रपाको पाँच जना नै महिला उम्मेद्वार

Author Image
सोमवार, जेठ १, २०७४

बिर्तामोड।

राप्रपाले बिर्तामोड नगरपालिका–१ का लागि उम्मेद्वार चयन गरेको छ ।
जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि पार्टीले पाँच पदमा महिलालाई उम्मेद्वार चयन गरेको हो । पार्टीका केन्द्रीय सदस्य तथा बिर्तामोड नगरपालिकाका मेयरका उम्मेद्वार भक्ति सिटौलाको उपस्थितिमा उम्म्द्वारको छनौट भएको थियो ।

पार्टीले अध्यक्षमा शारदा रिजाल, दलित तर्फ मीना दियाली, खुल्ला सदस्यमा मुना कुमारी विष्ट , सीता काफ्ले र महिला सदस्यमा सुमित्रा अधिकारीलाई चयन गरेको छ ।
महिला मैत्री बनाउन पार्टीले सवै सक्षम महिलालाई उम्मेद्वार बनाएको सिटौलाले बताए । कार्यक्रममा निर्वाचन परिचालन समितिका डम्वर थापा र जिल्ला सदस्य वेदप्रकाश अग्रवालले छनौट भएका उम्मेद्वारलाई बधाई तथा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर