Aamsanchar

सरकारी वकिल कार्यालय काठमाडौंमा रवि लामिछानेको बयान सुरू

Author Image
शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं – जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा रवि लामिछानेको बयान सुरू भएको छ।

कास्की प्रहरीको हिरासतबाट बिहीबार काठमाडौं ल्याइएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजबाट बयान सुरू भएको हो।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा लामिछाने प्रहरी नियन्त्रणमा छन्। सरकारी वकीलको कार्यालयमा सरकारी वकील र प्रहरी अनुसन्धान अधिकृतले बयान लिनेछन्। लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि हिजो पोखराबाट काठमाडौं ल्याइएको थियो।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

कास्की जिल्ला अदालतले गत आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। कास्कीमा लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देही जिल्ला सरकारी वकील कार्यालयमा बयानका लागि लगिएको थियो। लामिछाने लगायत विरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर