Aamsanchar

युवा समाजद्धारा ह्विल चियर वितरण

Author Image
सोमवार, जेठ १, २०७४

चारआली।

झापाको मेचीनगरस्थित नव सृजनशील युवा समाजले एक कार्यक्रमबीच मंगलबार ह्विल चियर वितरण गरेको छ । संस्थाको अगुवाइमा औषधि व्यवसायी अल्पाइन हिमालय मेडिको बिर्तामोडका प्रोपाइटर घनेन्द्रराज खनालले उपलब्ध गराएको ह्विल चियर उनकै हातबाट मेचीनगर–१४ का ७८ वर्षीय बयोवृद्धा श्रीप्रसाद गुरागाँईलाई बितरण गरेको हो ।
शरीरको पछाडीको मेरुदण्ड सड्केपछि लामो समययता हिड्डुल गर्न समेत समस्या परेकै कारण ओछ्यान परेका गुरागाँईकै लागि खनालले ११ हजार मूल्य पर्ने व्विल चियर संस्थालाई उपलब्ध गराएलगत्तै संस्थाले वितरण गरेको हो ।
ह्विल चियर वितरणपछि बोल्दै प्रमुख अतिथिको औषधि व्यवसायी खनालले दुःखी र अशक्त अवस्थामा मानवीय सेवा गर्नु नै महान् धर्म भएकाले आफूले सक्ने सहयोग पुयाउदै आएकोे बताए । उनले अन्य शारीरिक रुपमा अशक्त भएकाहरुलाई समेत सहयोग गर्ने बचन दिएका थिए ।
कार्यक्रममा समाजसेवी विश्वनाथ धिताल, श्री पाञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रल्लादप्रसाद सिग्देल, पार्वता पौडेललगायतले युवा संस्थाले उदाहरणीय काम गरेकोप्रति उच्च प्रशंसा गर्दै परेको खण्डमा संस्थालाई भरपुर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष बद्री महतले नव सृजनशील युवा समाजले सबै क्षेत्र र पक्षको हित तथा विकासका लागि संस्थाले जस्तोसुकै काम गर्न पनि पछि नपर्ने प्रतिबद्धता व्यक्त गरे ।  कार्यक्रममा बैसाख १८ गते मोटरसाइकल दुर्घटनामा परी दिवन्गत भएका नव सृजनशील युवा समाजका सहसचिव श्यामकुमार भट्टराईप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । बद्री महतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार प्रकाश उप्रेतीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर