Aamsanchar

नेपालले आज अफगानिस्तानसँग खेल्दै

Author Image
मङ्गलवार, मंसिर १८, २०८१

काठमाण्डौ – १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज बिहान पौने ११ बजे शुरू हुने छ । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल आज खेल्न लागेको हो ।

यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल लगभग प्रतियोगिताबाट बाहिरी सकेको छ । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले र दोस्रो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको हो ।

१९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । एशिया कप क्रिकेटमा आजै बङ्गलादेश र श्रीलङ्का पनि खेल्दैछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर