धनगढी – धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल स्वास्थमा समस्या देखिएको छ ।
शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका उनलाई थप उपचारका लागि दिल्ली रेफर गरिएको छ ।
उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्यूरोलोष्टि डाक्टर हरि पौडेलको टीमले उपचार गरिरहेकोमा शनिबार भने दिल्ली रेफर गरिएको हो ।चिकित्सककाअनुसार उनको मष्तिकको एउटा नसामा समस्या देखिए पनि अवस्था जटिल भने छैन् ।
मेयर हमाललाई शनिबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भेटेर स्वास्थ लाभको कामना गरेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 24