Aamsanchar

कनकाई ६ का नवनिर्वाचित वडाध्यक्ष ओलीले गरे पदभार ग्रहण

Author Image
सोमवार, मंसिर २४, २०८१


झापा- कनकाई नगरपालिका वडा न ६ का नव–निर्वाचित वडाध्यक्ष लक्ष्मीप्रसाद ओलीले पदभार ग्रहण गर्नुभएको छ । गत मंसिर १६ गते भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार ओली निर्वाचित भएसगै सोमबार आज कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नै कार्यकक्षामा सफत गराएसगै  नव–निर्वाचित ओलीले वडा कार्यलयमा पदभार ग्रहण गर्नुभएको हो ।

नगरप्रमुखको कार्यकक्षमा भएको  सफतग्रहण कार्यक्रममा नगर प्रमुख पोखरेलले सफत खुवाउदै थप कार्यकालको बधाई सहित शुभकामना समेत दिनुभएको थियो ।
कार्यक्रममा उप प्रमुख  आशाशर्मा शिवाकोटीले स्वागत सहित बधाई तथा शुभकामना दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले सन्चालन गरेको कार्यक्रममा वडा अध्यक्ष सहित कार्यपालिका सदस्य वडा सदस्य कर्मचारी , कनकाई स्वतन्त्र गणतान्त्रिक समुहका संरक्षक सेर बहादुर थापा , जामुनबारी सामुदायिक वनका अध्यक्ष पर्शुराम गिरी, सचीव दिपक ओली , स्वतन्त्र नागरिक समूह वडा न ६ का अध्यक्ष मेदनी प्रसाद विमली , रास्वपा कनकाई ६ का सभापति धनेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियोे ।
उता वडा कार्यलयमा पदस्थापन कार्यक्रममा समेत नगर प्रमुख , उप प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत वडा सचीव लगायत सहभागी हुनुभएको थियोे ।

गत मंसिर १६ गते भएको उपनिर्वाचनमा चापालक चुनाव चिह्न लिएर उठेका ५५ वर्षीय स्वतन्त्र उम्मेदवार ओली चार सय ९३ मतका साथ निर्वाचित हुनुभएको थियोे । गत असार २ गते तत्कालीन वडा अध्यक्ष  दीर्घबहादुर थापाको निधन भएपछि कनकाई ६ मा उपनिर्वाचन भएको थियोे । नव निर्वाचित वडा अध्यक्ष ओली २०७४ सालको चुनावमा समेत विजयी भई ५ वर्ष वडाअध्यक्ष बन्नुभएको थियोे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर