Aamsanchar

राप्रपाद्धारा झापाका सबै नगरपालिकामा उम्मेदवार तय

Author Image
मङ्गलवार, जेठ २, २०७४

भद्रपुर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि झापाका सबै नगरपालिकाका लागि उम्मेदवार छनोट गरिसकेको छ ।

सोअनुसार भद्रपुर प्रमुखमा नवराज पनेरु र उपप्रमुखमा राधा कार्की, मेचीनगर प्रमुखमा अशोक सुब्बा र उपप्रमुखमा सविना बजगार्इं, कन्काई प्रमुखमा केदार गिरी र उपप्रमुखमा चित्रा श्रेष्ठ, शिवसत्ताक्षी प्रमुखमा उमानाथ दाहाल र उपप्रमुखमा रोजी लुइँटेल, दमक प्रमुखमा राम थापा र उपप्रमुखमा रीता श्रेष्ठ, अर्जुनधारा प्रमुखमा छविलाल लम्साल र उपप्रमुखमा छनोट हुन बाँकी तथा गौरादह प्रमुखमा अमरबहादुर विष्ट र उपप्रमुखमा उम्मेदवार छनोट हुन बाँकी रहेको राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर