Aamsanchar

खुदुनाबारी बजार मंङलबार बन्द हुने

Author Image
मङ्गलवार, जेठ २, २०७४

खुदुनाबारी,


प्रत्येक मंङलबारका दिन झापाको खुदुनाबारी बजार बन्द हुने भएको छ । उद्योग बाणिज्य संघको अवधारणालाई पछ्याँउदै बजारका व्यवसायी एकजुट भई मंङलबार बन्द गराउने निर्णय लिएको बजार समितिका सदस्य अमर परियारले बताए ।

बजार समितिले बन्द गराएपनि होटल केही साना प्रकृतिका पसल भने खुला रहेका थिए । औषधी पसल,भेटनरि पसल भने खुला रहने समिति सदस्य परियारले बताए ।

होटल लगायतका अन्य पसल समेत बजार समितिको दायरा ल्याउने प्रयास भैइरहेको जनाइएको छ । हप्तामा मंङलबार व्यापारी तथा काम गर्नेलाई विदा दिने सोचले बजार बन्द गराउन थालिएको खगेन्द्र लिङदेनले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)