कार्यक्रममा गरीमा विकास बैंक क्षेत्रीय कार्यालय इटहरीका सुर्य प्रसाद पौडेलले डिजिटल बैंकिङ तथा बैंकिङ सुरक्षासम्बन्धी विषयमा विस्तृत प्रशिक्षण प्रदान गर्नुभएको थियो। साथै, उपस्थित प्रहरी कर्मचारीहरूले उठाएका जिज्ञासाहरूको उहाँले सम्बोधन समेत गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि दाहालले प्रशिक्षण कार्यक्रमप्रति धन्यवाद व्यक्त गर्दै भन्नुभयो, ूडिजिटल वित्तीय साक्षरता कार्यक्रमबाट प्रहरी कर्मचारीहरूमा डिजिटल बैंकिङको ज्ञान तथा बैंकिङ सुरक्षाबारे सचेतना वृद्धि भएको छ। यस किसिमका कार्यक्रमले व्यावहारिक रूपमा ठूलो लाभ पुर्याउनेछन्।ू
कार्यक्रममा प्रहरी उपरीक्षक दिपक पोखरेलसहित विभिन्न प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। साथै, गरीमा विकास बैंक लिमिटेड, विराटनगर शाखाका प्रबन्धक रक्षा भट्ट, कर्जा अधिकृत रिजन लम्साल लगायत बैंकका अन्य कर्मचारीहरू पनि सहभागी रहेका थिए।
कार्यक्रमले प्रहरी कर्मचारीहरूलाई डिजिटल बैंकिङ प्रणालीको प्रयोग, सुरक्षा मापदण्ड र बैंकिङ सचेतनाका विषयमा ज्ञान प्रदान गर्दै वित्तीय व्यवस्थापनमा जागरुकता थप्ने अपेक्षा गरिएको छ।