Aamsanchar

दमक घूस लिदालिदै पक्राउ परेका कर्मचारी छुटाउन नेताहरुको दौडधूप शुरु

Author Image
बुधवार, जेठ ३, २०७४

दमक,

६ लाख ८० हजार घुससहित पक्राउ परेका दमक नापी कार्यालयका नापी सवेक्षकलाइ पक्राउ पर्नु परेको रहस्य खुलेको छ । उनि पक्राउ परेपछि राजनीतिक दलका नेताहरु कसरी हुन्छ उनलाइ छुटाउनका लागि दौड्धुप शुरु गरेको पनि जनाईएको छ । जग्गा ब्यवुसायिहरुबाट राम्रै घूस असुल्ने र जग्गा ब्यवसायिलाइ पनि मालामाल पार्ने भएकाले पक्राउ परेका बिनोदकुमार मण्डललाइ छुटाउन ठूलो शक्ति लागेको पाईएको हो ।

कमल गाउँपालिका राजनीतिक तथा सामाजिक अगुवा याम पाठकले मण्डल पक्राउ पर्नुको रहस्य पत्रकार सम्मेलन मार्फत नै खुलासा गरेपछि दमकमा तरंग आएको छ । मण्डल इटहरीको अख्तियारको हिरासतमा रहेकोमा बिहिबार काठमण्डौ लगिएको बताइएको छ । पाठकका भने अनुसार जग्गा व्यवसायको काम गर्दा ३० हजार रुपैयाँ लाग्ने काममा मण्डले ६ लाख ८० हजार माग गरेका थिए ।  सरकारले तोकेभन्दा धेरै रकम मागेपछि आफू बाध्य भएर अख्तियारको शरणमा पुगेको र उनि पक्राउ परेको रहस्य पाठकले खोले ।

नापी कार्यालय तेह्रथुम जिल्लामा दरवन्दी भएका मण्डल बिगत दश बर्षदेखि दमकमा छन् । उनले यहाँ रहेका थुप्रै राजनीतिक नेताहरुलाइ राम्रै नजरना चढाएर बसेको श्रोतको भनाइ छ । एउटा प्लटिंगमा नहर बढी जग्गा निस्किएपछि त्यस बापत आफूलाइ पनि भाग लगाउन भन्दै मण्डलले ६ लाख ८० हजार माग गरेका थिए ।-सवाल नेपालबाट : साभार

Views: 124

प्रतिक्रिया (०)