Aamsanchar

‘छक्का पञ्जा’ निर्माण टिमद्वारा खानेपानी आपूर्तिका लागि पाइप सहयोग

Author Image
सोमवार, पौष ८, २०८१

काठमाडौं-  ‘छक्का पञ्जा’ निर्माण टिमले काभ्रेको दाप्चाका स्थानीयलाई खानेपानी आपूर्तिका लागि पाइप खरिदका लागि आर्थिक सहयोग गरेको छ ।

‘छक्का पञ्जा–५’ निर्माण टिमले  दाप्चाका स्थानीय जनप्रतिनिधिलाई पाँच लाख रुपैयाँ हस्तान्तरण गरेपछि पाइप खरिद् भइसकेको छ । असोज ११ र १२ गते आएको बाढीले रोसीबाट लिफ्टिङ गरेर ल्याएको पानीको पाइप बगाएपछि खानेपानीको सुविधाबाट स्थानीय बञ्चित भएका थिए ।

“पहिलो चरणमा हामीले पाँच लाखभन्दा केही बढीको पाइप खरिदका लागि सहयोग गरेका छौँ,” ‘छक्का पञ्जा–५’का कार्यकारी निर्माता समेत रहेका कलाकार निर्मल शर्माले भने, “बाँकी कामका लागि कति बजेट चाहिन्छ त्यो पनि सहयोग गर्नेछौँ । अबको १०/११ दिनपछि गाउँमा खानेपानी पुग्नेछ ।” पहिलो चरणमा खानेपानीमा सहयोग गरेको र दोस्रो चरणमा अन्य के सहयोग गर्ने भन्नेमा ‘वर्कआउट’ भइरहेको उनले बताए ।

“हामीले क्षति भएका भौतिक संरचनामा सहयोग गर्ने सोच बनाएका थियौँ । तर, स्थानीय र प्रदेश सरकारले सहयोग गरिसकेको पाइयो,” निर्मल भन्छन्, “अब के गर्ने सोचिरहेका छौँ ।” ‘छक्का पञ्जा’ टिमले हरेक वर्ष आफ्नो चलचित्र छायांकन गरेको स्थानमा सहयोग गर्दै आएको छ । ‘छक्का पञ्जा–५’ काभ्रेको दाप्चामा छायांकन भएको थियो । चलचित्र छायांकन गरेर फर्किएको केही हाप्तामै भारी वर्षा पछि आएको बाढीले ठूलो जनधनको क्षति भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर