Aamsanchar

स्यालडाँगीमा नेपाली भाषाको बारेमा सचेतना अभिमुखीकरण कार्यक्रम

Author Image
सोमवार, पौष ८, २०८१

बिर्तामोड । झापा बिर्तामोड नगरपालिका–४ स्यालडाँगीमा नेपाली भाषाको बारेमा सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आज (सोमबार) श्री अनारमनी आधारभूत विद्यालयमा अभिभावक सेचतना कार्यक्रम गरिएको हो ।

आदीवासी, जनजाती, मुस्लिम र आर्य समुदायकका विद्यार्थी अभिभावकहरुलाई नेपाली भाषा, बालबालिका सयार र अकिारको बारेमा जानकारी गराइएको थियो ।
नेपाली भाषा समितिको संयोजन तथा बिर्तामोड नगर शिक्षा तथा खेलकुद शाखाको आयोजनामा नेपाली भाषा समिति संयोजक झलकप्रसाद काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्य रहेको थियो ।

नेपाली प्रमुख राष्ट्रिय भाषा भएकाले हरेक नेपालीले शुद्ध सँग नेपाली बोल्न सक्नु पर्छ । आफ्नो देशको राष्ट्रिय भाषाको संरक्षण हामी आफैं लाग्नु पर्ने हुन्छ । नेपाली भाषा समितिले गाउँ गाउँमा पुगेर भाषाको ज्ञान फैलाउने काम गरेको मा आफू अत्यन्त खुसी भएको प्रमुख अतिथि शर्माको भनाई छ ।
कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक टंकबहादुर कटुवालले स्वागत, नेपाली भाषा समितिका कुलदीप घिमिरेले औचित्यमाथी प्रकास पारेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक तुलसा ओझाले गरेकी थिइन ।

बिर्तामोड नगर शिक्षा शाखा अधिकृत जानुका रेग्मी, अनारमनी आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदनकुमार रसाईलीलगायतको आतिथ्य रहेको थियो ।
अभिभावक सेचतना कार्यक्रममा ८० जना भन्दा धरै अभिभावकहरुको उपस्थिती रहेको थियो । सचेतना कार्यक्रमको सहजीकरण नेपाली भाषा समितिका उमानाथ भण्डारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर