Aamsanchar

भरतपुर महानगरको ताजा परिणाम : ४४२ मतले एमाले अगाडि

Author Image
शुक्रवार, जेठ ५, २०७४

उपमेयरमा काँग्रेसले एमालेलाई उछिन्यो

चितवन, जेठ ५ – वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको पछिल्लो परिणामअनुसार भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा अगाडि नै छन् ।

पछिल्लो गणनाअनुसार ज्ञवालीले ११५८४ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले १११४२ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसले एमालेलाई लिड गरेको छ । काँग्रेसकी पार्वती शाहले १२९५६ मत प्राप्त गरेकी छन् भने एमालेकी दिब्या आचार्यले ९८५६ मत प्राप्त गरेकी छन् ।

Views: 162

प्रतिक्रिया (०)