Aamsanchar

१३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा २२ वर्षीय युवक प*क्राउ

Author Image
शुक्रवार, पौष १२, २०८१

काठमाडौं –  रोल्पामा १३ वर्षीया बालिकामाथि बलात्कार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाकै सुनछहरी गाउँपालिका–४ सिउरी बस्ने २२ वर्षीय हर्कबहादुर पुन मगर छन् । हर्कबहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुलेलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका हर्कमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

 

Views: 26

प्रतिक्रिया (०)