मोरङ।

मोरङको बुढिगँगा गाँउपालिका-४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले विहीबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका ९ बस्ने १८ बर्षिय निर्मल गुरुङ रहेका छन्। प्रहरीले उनको साथबाट एभिल-९ एम्पुल, डाईजेल्याप-९ एम्पुल, र लुपिजेसिक-९ एम्पुल बरामद गरेको छ।

पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय निमुवामा राखी थप अनुसन्धान भइरहेको छ।

Views: 210

