Aamsanchar

पासवान टोलमा आगलागी हुँदा २० भन्दा बढी फुसको घर जले

Author Image
सोमवार, पौष १५, २०८१

रौतहट – रौतहटको राजदेवी नगरपालिका -५ स्थित पासवान टोलमा आगलागी हुँदा २० भन्दा बढी फुसको घर जलेका छन्। स्थानीय बाबुलाल हजराको घरमा विद्युत सर्ट भएर लागेको आगोले अन्य घरमा समेत क्षति पुर्‍याएको हो ।

आगलागी भएको खबर पाउन साथ प्रहरी चौकी ब्रम्हपुरी, सशस्त्र प्रहरीको बीओपी बेलविछवा र गौर नगरपालिकाको बारुणयन्त्र घटनास्थल पुगेको थियो। आगो मध्यराति लागेका कारण क्षति बढी भएको प्रहरीले अनुमान गरेको छ ।

घरमा राती सुतेको बेलामा आगलागी भएकाले सर सामान निकाल्न नपाएको प्रहरीले बताएको छ । आगलागीका कारण मानवीय क्षति नभए पनि लता कपडा , अन्न लगायत जलेको प्रहरीले जनाएको छ ।

 

Views: 59

प्रतिक्रिया (०)