Aamsanchar

सत्सङ्ग मन्दिर स्थापना

Author Image
शनिवार, जेठ ६, २०७४

काठमाडौँ।

चन्द्रागिरि नपा–२ स्थित बसुनटोलमा श्रीश्री ठाकुर अनुकूल चन्द्रजी सत्सङ्ग मन्दिर स्थापना गरिएको छ ।  अनिरुद्ध चक्रवर्ती ठाकुरलाई आदर्श पुरुष मान्दै उहाँद्वारा स्थापित मान्यतालाई सत्सङ्गमार्फत समाजमा अझ परिचित गराउन सो सत्सङ्ग मन्दिर स्थापना गरिएको हो । यसअघि मोरङ, झापालगायत काठमाडौँका विभिन्न स्थानमा यस्ता मन्दिर स्थापना भइसकेका छन् ।

भारतको झारखण्डमा केन्द्रीय सत्सङ्ग मन्दिर रहेको सो मन्दिर अस्ट्रेलिया, अमेरिका, बेलायत, बर्मा, भुटान, क्यानडा, सिङ्गापुरलगायत देशमा पनि रहेका छन् । नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले आज यहाँ आयोजित कार्यक्रममा सो मन्दिरको उद्घाटन गर्नुभयो ।

करिब तीन रोपनी जग्गामा रहेको सो मन्दिर रु पाँच करोडको लागतमा निर्माण भएको हो । हिन्दु, बौद्ध, इसाई, मुस्लिम आदि सबै धर्मको मूल धर्म मानव सेवा अर्थात् ‘बाँच र बचाउँ’ भन्ने आदर्शलाई सत्सङ्गका मार्फत् दीक्षित र शिक्षित गराउनु रहेको भारतको देवधर झारखण्डका केन्द्रीय सत्सङ्ग मन्दिरका सहायक शिवानन्द प्रसादले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो सत्सङ्गमा तीन करोड भन्दा बढी अनुयायी छन् । उहाँले भन्नुभयो, “धर्म एक छ, मत मात्र अनेक छन्, अनेकताका बीचमा मानव सेवामा तल्लिन हुनु नै धर्म हो ।” सो अवसरमा नेता सिटौलाले जीवनलाई अझ सार्थक र सुन्दर बनाउन सत्सङ्गले सहयोग पु¥याउने चर्चा गर्दै सबै धर्मको मूल कार्य भन्नु नै मानव सेवा हो भन्नुभयो । “मानव सेवाबाट जुन सन्तुष्टि प्राप्त हुन्छ अन्यत्र कमै पाइन्छ”–उहाँले भन्नुभयो ।

अनिरुद्र चक्रवर्तीले आजभन्दा करिब १२९ वर्ष अगाडि मानवले अङ्गाल्दै आएका सनातन धर्म संस्कृतिलाई सत्सङ्गका मार्फत प्राणप्रतिष्ठा गराउनुभएको बताइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)