Aamsanchar

एमालेबाट निकालिएका रावलले बुधबार पत्रकार सम्मेलन गर्ने

Author Image
सोमवार, पौष १५, २०८१

काठमाडौं – नेकपा (एमाले)बाट निकालिएका नेता भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार सम्मेलनबाट उनले आगामी योजना सुनाउनेछन् ।

पुस १० गतेको एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्षसमेत रहेका रावलको संगठित सदस्यता खोसेको थियो । त्यसपछि उनले नयाँ पार्टी गठन गर्ने चर्चाका बीच पत्रकार सम्मेलन गर्न लागेका हुन् ।रावलका स्वकीय सचिव गोविन्द दुवालले बुधबार कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्ने तयारी भएको र सोही सन्दर्भमा छलफल भइरहेको बताए ।

“बुधबार पत्रकार सम्मेलनको तयारी भइहेको छ । आगामी योजनाबारे त्यही जानकारी दिनुहुनेछ,” उनले भने ।

स्रोतका अनुसार, रावल पार्टी घोषणाको गृहकार्यमा जुटेका छन् । सोमबार बिहानमात्रै रावलले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशसभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका छन् ।

मल्लले आफूहरू एकै भेगका भएकाले भेटघाट भएको बताए । “सहकार्यका निम्ति परामर्श भएको छ । हामी एकै भेगका कारणले गर्दा कुराकानी भएको हो । ठोस निर्णयमा पुगेको छैन,” उनले  भने ।

कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध बिग्रिएपछि मल्ल कांग्रेस बीपीतिर लागेका थिए । जोशी भने नेकपा (एकीकृत समाजवादी)का पूर्वकेन्द्रीय सदस्य हुन् । ०७९ को निर्वाचनमा टिकट नपाएपछि उनी स्वतन्त्र उमेदवार बनेर प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर