काठमाडौं – काठमाडौं महानगरपालिकाको वडा नं. १५ ले दुई सय ४६ जना महिलालाई साइकल प्रशिक्षण दिई प्रमाणपत्र प्रदान गरेको छ । वडा नं. १५ ले ‘साइकल चढौँ, स्वस्थ्य रहौँ, वातावरण जोगाऔँ’ नारासहित साइकल प्रशिक्षण दिएको हो ।
प्रशिक्षित ५ समूहका महिलामध्ये पहिलो समूहमा ५४ जना, दोस्रो समूहमा ५१ जना, तेस्रो समूहमा ४० जना, चौथो समूहमा ५० जना र पाँचौँ समूहमा ५१ जनाले प्रशिक्षण लिएका छन् । यसरी प्रशिक्षण लिनेमा किशोरीदेखि ६० वर्षसम्मका महिला छन् ।
´काठमाडौंमा साइकल चलाउन सिकाउने प्रशिक्षणभन्दा या सुन्दा यो आवश्यक छ र भन्ने लाग्न सक्छ तर यो आवश्यक मात्र होइन अति आवश्यक छ,´कार्यक्रममा वडा नं.१५ का अध्यक्ष ईश्वरमान डंगोलले भने,´साइकल चलाउने जान्ने भएर हजुरआमाहरूको, आमाहरूको, गृहिणीहरूको जीवनशैली नै अर्कै भएको छ ।`
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 55