Aamsanchar

अपहरणमा परेको नाटक गर्दा …

Author Image
शनिवार, जेठ ६, २०७४

बिर्तामोड,

झापाको अर्जुनधारा नगरपालिका–५ निवासी ३७ वर्षीय इन्सल खनाल अपहरणमा परेको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी प¥यो ।
गत जेठ २ गते बेलुका घरबाट बिर्तामोड हिँडेका उनी अपहरणमा परेको भन्दै खनालकी श्रीमती सीता खनालले इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएपछि उनको उद्धारका लागि प्रहरीले खोजीकार्य तीब्र बनायो । जेठ ३ गते उनी आफैं प्रहरीको सम्पर्कमा आए ।

उनले आफूलाई नचिनेका तीन÷चार जनाले बिर्तामोड–५स्थित शनिश्चरे रोडबाट अपहरण गरेको र सुनसरीस्थित सुदर्शन खोलाको जंगलमा लगेर छाडेको प्रहरीलाई बताए । अपहरणकारीले जंगलमा छाडेपछि सिटी रिक्सा चढेर आफू इटहरीसम्म आएको र आफूसँग भएको तीन लाख रुपैयाँ नगद तथा मोवाइल समेत लुटेर लगेको उनले प्रहरीलाई बताएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले बताए ।
अपहरणमा परेको भनिएको मानिस सम्पर्कमा आएपछि हामीले अपहरणमा सम्लग्नको खोजीकार्य अनुसन्धानसँगै तीव्र बनायौं– प्रहरी नायव उपरीक्षक थेबेले भने– ‘खनाल अपहरणमा परेका होइन रहेछन् उनले अपहरणमा परेको नाटक मात्र गरेका रहेछन् ।’
अपहरणमा परेको भन्दै भ्रम फैंल्याएर प्रहरी, सञ्चारकर्मी, नागरिक समाज, आफन्त तथा छरछिमेकलाई हैरानी दिएपछि प्रहरीले उनलाई स्थानीय शान्ति सुरक्षामा खलल पु¥याएको भन्दै जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक थेबेले बताए ।
खनाललाई नियन्त्रणमा लिएर अनुसन्धान तथा छानबिन गर्दा ‘मेरो आर्थिक कारोवार बिग्रिएका कारण बुद्धि बिगारी मैले अपहरणमा परेको कुरा गरेको हुँ, मलाई कसैले अपहरण गरेको होइन, अपहरण गरी लगेको भनिएको रकम घरको कोठामा नै छ, मोबाइल गाडी चढेर पश्चिमतर्फ जाँदै गर्दा माइधारस्थित सडक किनारको झाडीमा फालिदिएँ’ भनेपछि थप अनुसन्धान अघि बढाएका थियौं– थवेले भने– ‘हामीले खोजतलास गर्दा सोही बमोजिम पायौँ । उनले कोठामा राखेको एक लाख ८४ हजार रुपैयाँ फेला परेको छ – प्रहरी नायव उपरीक्षक थेवेले भने । खनाललाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर कारवाही अघि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर