

काठमाडौं – बाल गायक सचिन परियारको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै बाल गायक सचिन परियारको निधन भएको खबरले आफू धेरै दुःखी भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको पनि बताएका छन्।

´यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ। बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली `, ओलीले लेखेका छन्।

परियारको बिहिबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको थियो।
Views: 302

