Aamsanchar

घुससहित विद्युत कर्मचारी  पक्राउ

Author Image
शनिवार, जेठ ६, २०७४

बिर्तामोड।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले झापाका सरकारी कार्यालयमा निगरानी बढाएको छ ।
नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डल ६ लाख ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेको एक साता बित्न नपाउँदै नेपाल विद्युत् प्राधिकरण भद्रपुर बितरण केन्द्रका एक कर्मचारी पाँच हजार रुपैयाँ घुससहित शुक्रवार पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिटर रिडर रामबहादुर महत रहेको नेपाल विद्युत् प्राधिकरण भद्रपुर बितरण केन्द्रका प्रमुख रोशन खड्काले जानकारी दिए ।
भद्रपुरका एक सेवाग्राहीसँग विद्युत् मिटर जडान गर्ने क्रममा उनले पाँच हजार रुपैयाँ घुस लिएपछि उनलाई अख्तियारको टोलीले पक्राउ गरेको बताइएको छ । उनी भद्रपुर बितरण केन्द्रमा मिटर रिडरको रुपमा ज्यालादारीमा काम गर्दै आएका कर्मचारी हुन् । भद्रपुर नगरपालिका–७ निवासी ३९ वर्षीय महतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीका प्रहरी निरीक्षक ओम खनालको नेतृत्वमा आएको टोलीले पक्राउ गरेको हो ।
महतले छिटो विद्युत मिटर जडान गरिदिने भन्दै भद्रपुर–१०स्थित चन्द्रगढी बजारका एक सेवाग्राहीबाट घुस लिएपछि रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रमेश वस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर