Aamsanchar

ट्रक दुर्घटनामा चालकको मृत्यु

Author Image
शनिवार, जेठ ६, २०७४

पाँचथर।

पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ गुम्बा डाँडामा शुक्रबार राती ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

झापाबाट फिदिम पाँचथरतर्फ युरिया मल लिएर जाँदै गरेको ना ३ ख ३४८६ नम्बरको ट्रक अनियन्त्रित भई अन्दाजी २०० मिटर तल खसेको थियो। दुर्घटनामा ट्रककका चालक झापा शनिअर्जुन नगरपालिका-११ बुट्टाबारी बस्ने अन्दाजी ३२ बर्षिय सुमन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

घटनासम्बन्धी जानकारी स्थानियले शनिबार विहान प्रहरी चौकी राकेमा दिएपछी प्रहरीको टोलीले थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)