काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले रिहा गर्ने निर्णय गरेको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीनिज राईले लामिछानेलाई ६५ लाख धरौटी बुझाएर रिहा गर्न आदेश दिएका थिए। धरौटी रकमको बैक ग्यारेन्टी बुझाएपछि काठमाडौँ ल्याउने तयारी गरिएको थियो। प्रहरी स्रोतका अनुसार, लामिछानेलाई पोखराबाटै रिहा गर्ने भएको छ।
कास्कीबाट छुट्ने वित्तिकै काठमाडौं प्रहरी हिरासतमा पठाइने समाचारहरु आएका थिए । उच्च प्रहरी अधिकारीले विभिन्न सञ्चार माध्ययमलाई दिएको जानकारी अनुसार लामिछानेलाई कास्की जिल्ला अदालतको आदेशानुसार त्यहीँबाट रिहा गरिनेछ भएको हो।
प्रहरीको यस निर्णयले कानूनी प्रक्रिया र प्रशासनिक सुविधाको सन्तुलनलाई ध्यानमा राखेको देखिन्छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 54