Aamsanchar

मापसे जाँचमा कडाइ

Author Image
शुक्रवार, पौष २६, २०८१

ताप्लेजुङ- ताप्लेजुङमा मादक पदार्थ सेवन(मापसे) जाँचमा कडाइ गर्न सुरु गरिएको छ। सवारी दुर्घटनालाई न्युनीकरण गर्न ट्राफिक प्रहरीले मापसे जाँचलाई कडाइ गर्न थालेको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले ब्रेथलाइजर मेसिनद्वारा मापसे जाँच गर्ने कार्यलाई तीब्र पारिएको जानकारी दिनुभयो। मापसे जाँचलाई तीब्र पारिएसँगै सवारी चालकले मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाई आवश्यक कारबाही गर्न थालेको प्रनाउ रावलले बताउनुभयो।

हालको चिसो मौसमका समयमा मादक पदार्थको सेवन अत्यधिक हुने भएको पाइएकाले मापसे जाँचलाई कडाइ गर्न थालेको ट्राफिक प्रहरीले जनाएको छ। यता मापसे जाँचमा कडाइ गर्न थालेपछि सवारी चालकहरु थप सचेत बन्न थालेका बताइएको छ। मापसे जाँचमा कडाइ गर्नाले दुर्घटना न्युनीकरण गर्नमा सहयोग पुग्ने अपेक्षा गरिएको प्रहरी प्रमुख रावलको भनाइ छ।

मापसे जाँच गर्ने अध्याधुनिक ब्रेथलाइजर मेसिन दुई थान पाथीभरा क्षेत्र विकास समितिले ट्राफिक प्रहरीलाई उपलब्ध गराएको छ। पाथीभरा दर्शन गर्न आउने तीर्थयात्रीको चाप हुने हुँदा उनीहरुको यात्रालाई सुरक्षित बनाउनमा सहयोग पुगोस् भन्ने उद्देश्य राखेर ब्रेथलाइजर मेसिन उपलब्ध गराएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो।

सवारी चालक साथै पाथीभरा क्षेत्रमा कार्यरत तीर्थालु सहयोगी (भरिया)ले मापसे गरे नगरेकोसमेत जाँच गर्न मेसिनको प्रयोग हुनेमा विश्वस्त रहेको हाङ्बाङको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर