Aamsanchar

नेपालबाट हङकङ उडेको विमानमा ३६ यात्रु बिरामी परे

Author Image
शनिवार, पौष २७, २०८१

काठमाडौं नेपाल उडानका क्रममा हङकङको ध्वजावाहक क्याथे प्यासिफिकको विमानका यात्रु बिरामी भएपछि अनुसन्धान सुरू गरिएको छ ।

धेरैमा फुड पोइजनको समस्या देखिएपछि हङकङस्थित स्वास्थ्य अधिकारीहरूले उक्त विमानमा उपल्बध गराइएको खानको अनुसन्धान थालेका हुन् ।

सेन्टर फर हेल्थ प्रोटेक्सनले शुक्रबार काठमाडौंबाट हङकङ पुगेका ३६ जना यात्रुमा फुड पोइजनिङको समस्या देखिएको बताएको छ । त्यसको विष्तृत अनुसन्धान थालिएको स्वास्थ्य अधकारीहरुले जनाएका छन् ।

एयरलाइन्सले पनि शुक्रबार साँझ माफी माग्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ । ‘यदि एयरलाइनको उडानको खानामा अखाद्य पदार्थ पत्ता लाग्यो भने हामी सत्य र पारदर्शी रूपमा रिपोर्ट गर्नेछौं र सबै आवश्यक सुधारात्मक कार्यहरू गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ।

कोरोनापछि उडान रोकेको क्याथेले ०७९ असोजमा नेपालमा पुनस् उडान थालेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर