Aamsanchar

काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस धरमपुरमा दुर्घटना

Author Image
बुधवार, माघ २, २०८१

झापा- काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस धरमपुरमा दुर्घटना हुँदा करिव एक दर्जन यात्रु घाइते भएका छन् ।

आज बिहान ६ः२० बजे शिवसताक्षी –१ धरमपुरस्थित पूर्वपश्चिम राजमार्गमा मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बस अनियन्त्रित भई दुर्घटना भएको हो । बस सडकबाट तल खस्दा उक्त बसमा सवार ११ जना यात्रुहरु घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

घाइतेहरु निम्न रहेका छन् ।
१० मोरङ बिराटनगर – ३ बस्ने बर्ष ५४ का गुणा कोइराला(टाउको र दुवै हातमा चोट,अवस्था बोल्न सक्ने सामान्य )
२० ऐ.ऐ. बस्ने बर्ष ३४ की दिपा निरौला (सामान्य)
३० ऐ.ऐ. बस्ने बर्ष १७ की म्यारी निरौला(सामान्य)
४० ऐ.ऐ. बस्ने बर्ष ३८ की निर्मला निरौला (सामान्य )
५० ऐ।ऐ।४ बस्ने बर्ष ५९ की शर्मिला कोइराला (ढाडमा चोट, अवस्था बोल्न सक्ने सामान्य )
६० झापा शिवसताक्षी –८ झिलझिले बस्ने बर्ष ३२ का टंक शिवाकोटी (सामान्य)
७० ऐ.ऐ.बस्ने बर्ष ३० की आन्सा फियादेन (सामान्य)
८० ऐ।ऐ बस्ने बर्ष २१ की सुमना लिम्बू (सामान्य)

९० बिर्तामोड –६ बस्ने बर्ष ५१ का पुष्पलाल अधिकारी (टाउको र दाहिने पाखुरामा चोट अवस्था बोल्न सक्ने सामान्य )
१०० ऐ।ऐ। बस्ने बर्ष ४९ की चन्द्रकला अधिकारी (टाउकोमा र कम्मरमा चोट , अवस्था बोल्न सक्ने सामान्य )
११० कमल –६ बस्ने बर्ष ४० का शान्तिराम खतिवडा (दुवै हातमा चोट,सामान्य)।

बस घटनास्थलमा रहेको, सडक अवरुद्ध नभएको र बस चालक मेचीनगर –१० धुलाबारी बस्ने बर्ष ५४ का टिका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)