Aamsanchar

स्वर्णलक्ष्मी सहकारी प्रकरण : रवि लामिछानेको मुद्दामा आजै निर्णय हुने

Author Image
बुधवार, माघ २, २०८१

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बुधबार आदेश दिने भएको छ।

सरकारी पक्ष र लामिछानेको कानुनी टोलीबीच बहस मंगलबार सकिएको छ। अब, थुनछेक बहसपछिको आदेश लेखन कार्य चलिरहेको अदालत स्रोतले जनाएको छ।

यसअघि, लामिछाने पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख धरौटी बुझाएर छुटेका थिए। उनी त्यसपछि आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए।

आइतबार लामिछानेको बयान लिएर मुद्दा प्रक्रिया अगाडि बढाइएको थियो। सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट बहस गरिएको थियो। अदालतको आदेशले सहकारी अपचलन प्रकरणमा थप कानुनी प्रक्रिया स्पष्ट पार्नेछ।

यस प्रकरणले सहकारी क्षेत्रको पारदर्शिताबारे पनि बहस चर्काएको छ। अदालतको आदेशपछि यस मामिलाले नयाँ मोड लिनसक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)