Aamsanchar

विराटनगरमा प्रचण्डको मर्निङवाक

Author Image
शनिवार, माघ ५, २०८१

विराटनगर –प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ‘मनिङ्वाक’ गरेका छन् । उनी शुक्रबार साझ विराटनगर आएका थिए । छोरी गंगाको घरमा बसेका उनले आज बिहान कार्यकर्तासँग मनिङ्वाक गरेका हुन् ।

जिल्ला दौडाहाको क्रममा रहेका प्रचण्डले अन्य क्षेत्रमा हरेक क्षेत्रमा मर्निङवाक गरिररहेका छन् ।

केट रङ्गशालाको अनुगमन गर्ने कार्यक्रम छ । बिहान १० देखि ११ बजेसम्म होटल एसियाटिकमा न्यू सृष्टी दैनिकले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ उनले भेटघाट पनि गर्नेछन् । त्यसपछि १ बजे उनी मोरङको ग्रामथान गाउँपालिकाको तेतरियामा आयोजित बधाई ज्ञापन तथा खबरदारी सभामा सहभागी हुने कार्यक्रम छ ।

गत मंसिरमा भएको उपनिर्वाचनमा ग्रामथान माओवादी केन्द्रले जितेको थियो । सोही क्षेत्रमा आयोजित कार्यक्रममा उनी सहभागी हुन लागेका हुन् । उनी आज बेलुका काठमाडौं फर्कनेछन् ।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर