Aamsanchar

क्यानडामा नेपााली विद्यार्थीको बिचल्ली : डेरा, रोजगारी र मानसिक स्वास्थ्य समस्या

Author Image
शुक्रवार, माघ १८, २०८१

बिर्तामोड । पढाइसँगै आम्दानीको आशा राखेर विदेश गएका नेपाली विद्यार्थीहरू गलत परामर्शका कारण अलपत्र परिरहेका छन्। विशेष गरी, व्यवसायिक लाभका लागि विद्यार्थीलाई अपुरो वा भ्रामक जानकारी दिने शैक्षिक परामर्श संस्थाहरूको लापरबाहीले क्यानडामा अध्ययन गर्न गएका विद्यार्थीहरू गम्भीर समस्यामा परेका छन्।

विद्यार्थीको समस्यामा परराष्ट्र मन्त्रालयको चासोविद्यार्थीहरूको दयनीय अवस्थालाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार गरी विद्यार्थी उद्धार प्रक्रियालाई गति दिन तथा दोषी शैक्षिक परामर्श संस्थामाथि कारबाही गर्न आग्रह गरेको छ। मन्त्रालयले विदेशमा अध्ययनरत विद्यार्थीहरूको उद्धार तथा स्वदेश फिर्तीका लागि शैक्षिक परामर्श संस्थालाई जिम्मेवार बनाउन आग्रह गरेको छ। अबदेखि विदेश पठाउने शैक्षिक परामर्श संस्थाहरूले समस्यामा परेका विद्यार्थीहरूको उद्धार तथा राहतका लागि विशेष कोष खडा गर्नुपर्ने सरकारको निर्देशन छ।

विद्यार्थीको बिचल्ली  डेरा, रोजगारी र मानसिक स्वास्थ्य समस्या : क्यानडामा अध्ययन गर्न जाने विद्यार्थीहरूको सङ्ख्या बढ्दो छ। पछिल्लो तथ्याङ्कअनुसार, प्रत्येक महिनामा करिब ३० देखि ४० नेपाली विद्यार्थी उच्च शिक्षाका लागि क्यानडा पुग्ने गरेका छन्। तथापि, त्यहाँ पुगेपछि डेरा खोज्न गाह्रो हुने, रोजगारी नपाउने, मानसिक तनाव बढ्ने, र कतिपय अवस्थामा प्रहरी हिरासतमा समेत पर्नुपर्ने समस्या देखिएको छ। पछिल्लो समय, केही विद्यार्थीहरूले आत्महत्या गर्ने स्थिति आउन थालेपछि सरकार थप चिन्तित बनेको छ।

विद्यार्थी उद्धारका लागि कदम चालिँदै : सरकारले पहिलो चरणमा समस्यामा परेका विद्यार्थीहरूलाई नेपाल फर्काउने योजना बनाएको छ। यसका लागि परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, तथा सम्बन्धित निकायहरू समन्वय गर्दै आवश्यक उद्धार प्रक्रिया सञ्चालन गर्दै छन्। साथै, विद्यार्थीहरूको सुरक्षित फिर्ती सुनिश्चित गर्न आवश्यक कागजात, हवाई टिकट, तथा अन्य व्यवस्थापन गर्न सरकारले पहल गरिरहेको छ। साथै, शैक्षिक परामर्श संस्थाहरूलाई कडा नियमन गर्न आवश्यक कानून संशोधन तथा कार्यान्वयन गर्न लागेको छ। क्यानडास्थित नेपाली दूतावासले विद्यार्थीहरूको वास्तविक अवस्था बुझ्न तथ्याङ्क संकलन गरिरहेको छ।

कारबाहीको माग, परामर्श संस्थामाथि निगरानी : सरकारले विद्यार्थीहरूलाई गलत सूचना दिएर विदेश पठाउने परामर्श संस्थामाथि कडा कारबाही गर्ने बताएको छ। विद्यार्थी तथा अभिभावकहरूलाई पनि सही जानकारी लिएर मात्र विदेश जाने निर्णय गर्न आग्रह गरिएको छ।

विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्नेलाई कडा कानुनी कारबाही गरिएमा मात्रै यस्ता समस्या रोक्न सकिने विज्ञहरू बताउँछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर