Aamsanchar

सभामुखसमक्ष रविको निवेदन

Author Image
शुक्रवार, माघ १८, २०८१

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवा गर्न भन्दै निवेदन बुझाएका छन्। संसद सचिवालय पुगेर उनले समाभुख घिमिरेलाई भेटेर निवेदन बुझाएका हुन्।

लामिछानेले फौजदारी कसुरमा अनुसन्धान भई त्यसमा अदालतको आदेशबमोजिम आफू थुनामुक्त भएको भन्दै सांसद पद फुकुवा गर्न आग्रह गरेका छन्। सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि उनको सांसद पद ८ पुसमा संसद सचिवालयले निलम्बन गरेको थियो।

त्यसैबेला पनि निलम्बन गैरकानुनी र प्रतिनिधिसभा नियमावलीविपरीत रहेको दाबी गर्दै रास्वपासहित विपक्षी दलहरूले विरोध गरेका थिए। यसबारे रास्वपाले शुक्रबारदेखि सुरु हुने संसद् अधिवेशनमा पनि विरोध जनाउने निर्णय यसअघि नै गरिसकेको छ।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर