

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को अवरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यसूची अघि बढाएका छन् । रास्वपाले हिउँदे अधिवेशन सुरु हुनासाथ आकस्मिक समय मागेर अवरोध गरिरहेको छ । उनीहरूले बैठकको सुरुमै आफूहरूले आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै अवरोध गरिरहेका हुन् । यद्यपि सभामुख घिमिरेले बैठकका कार्यसूची अघि बढाएका छन् ।

Views: 15

