Aamsanchar

दाङका ३ जना सांसदद्वारा स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

Author Image
शुक्रवार, माघ २५, २०८१

काठमाण्डौ – दाङबाट प्रतिनिधित्व गर्ने तीन जना सांसदले स्वर्गद्वारी गुठीको दाङमा रहेको जग्गाको भोगचलन गरिरहेका मोहीहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा सांसदहरू रेखा शर्मा, अशोक चौधरी र मेटमणि चौधरीले सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद रेखा शर्माले मौलिक हकमा पनि प्रत्येक नागरिकलाई आवासको हकको व्यवस्था रहेको बताउँदै संविधान जारी भएको यतिका लामो समय भइसक्दा पनि गुठीसम्बन्धी कानून नबन्दा मोही किसानहरू समस्यामा परेका बताउनुभयो ।

सांसद अशोक चौधरीले जिल्लामा रहेका १६ हजारभन्दा धेरै मोही किसान दशकौंदेखि जमिनको स्वामित्वका लागि सङ्घर्ष गर्दै आएका र तीमध्ये स्वर्गद्वारी गुठीका मोहीहरू पनि रहेका बताउनुभयो ।

सांसद मेटमणि चौधरीले सरकारले पीडित किसानहरूको कुरा सुन्ने त परै जाओस् खोजखबर पनि नगरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

स्वर्गद्वारी गुठीका मोहीहरू काठमाण्डौको माइतीघर मण्डलामा आएर प्रदर्शन गरिरहेका छन् । एक हप्तासम्म माइतीघरमा प्रदर्शन गर्दा पनि सरकारले बेवास्ता गरेको सांसदहरूको गुनासो छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर