Aamsanchar

‘शिक्षामा क्रान्ति अभियान’ झापाको सुरुंगाबाट सुरु

Author Image
शनिवार, माघ २६, २०८१

कनकाई । नेपालको शिक्षामा क्रान्ति अभियानका केन्द्रिय संयोजक रेवतराज पुरी (गगन) ले शिक्षा प्रणालीमा मौलिकता र समसामयिक परिवर्तनको माग गरेका छन्। उनका अनुसार, नेपालको शिक्षा प्रणालीले १८ औं शताब्दीको पाठ्यक्रमलाई आधार मानेको छ, जुन २१ औं शताब्दीका चुनौती र अवसरहरूलाई ध्यानमा राखेर सुधार गर्नुपर्ने आवश्यकता छ।

पुरीले शिक्षामा ‘समाजवाद’ को दर्शनलाई प्रमुख मान्दै वर्तमान पाठ्यक्रमलाई खारेज गर्नुपर्ने माग राखेका छन्। उनले भने, ‘शिक्षा प्रणालीको उद्देश्य, रणनीति र लक्ष्यमा ठुलो परिवर्तनको आवश्यकता छ। केवल सैद्धान्तिक र अब्यवहारिक शिक्षा अब स्वीकार्य छैन।’  उनका अनुसार, नेपाललाई आत्मनिर्भर बनाउन, वैज्ञानिक, उत्पादनमुखी, सिर्जनशील, र सीपमूलक शिक्षा आवश्यक छ।

अधिकारका आधारमा शिक्षामा क्रान्ति अभियानलाई गैरराजनीतिक बताउँदै पुरीले शिक्षाप्रेमीहरूको एकता र सक्रियता माग गरे। अभियानका अनुसार, ७७ वटै जिल्लामा अभियानलाई विस्तार गर्न र सरकारलाई शिक्षा प्रणालीमा सुधारको म्यासेज दिन काम गरिने छ। उनले थपे, ‘देशको विकासका लागि शिक्षा प्रणालीको पूर्ण सुधार हुनु पर्छ।’

झापामा हालै गठन भएको शिक्षा क्रान्ति अभियानको तदर्थ समिति पहिलोपटक झापाको कनकाई बहुमुखी क्याम्पसमा गठन गरिएको छ। ५१ सदस्यीय समितिको संयोजक सन्तोष राई र सचिव सरस्वती चम्लागाईलाई चयन गरिएको छ। समितिको सदस्यमा शिक्षक, विद्यार्थी, र अभिभावकका प्रतिनिधिहरू रहेका छन्।

अभियानका संयोजक गगन पुरीले आगामी दिनहरूमा विभिन्न जिल्लामा क्रान्तिको अभियान चलाउँदै, सरकारसँग पाठ्यक्रममा सुधारका लागि दबाब दिने बताएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)