Aamsanchar

माओवादी केन्द्रले गर्‍यो झापाका उम्मेदवार घोषणा

Author Image
बिहिवार, जेठ ११, २०७४

झापा :

नेकपा (माओवादी केन्द्र) झापाले दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि १५ स्थानीय तह मध्ये १३ तहको छिनोफानो गरेको छ। एक नगरपालिका र एक गाउँपालिका बाहेकका स्थानीय तहमा माओवादी केन्द्रले उम्मेदवार छनोट गरेको हो ।

झापाका दश नगरपालिका मध्ये बुद्धशान्ति र पाँच गाउँपालिका मध्ये बाह्रदशीबाट उम्मेद्वारको अन्तिम टुङ्गो लाग्न बाँकी छ। बिर्तामोड नगरपालिकाको मेयर र उपमेयरमा दुबैमा केन्द्रीय सदस्यलाई उठाएको छ।

प्रमुखमा पार्टीका केन्द्रीय सदस्य सिपी कडरिया र उप-प्रमुखमा केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने (सरु) लाई छनोट गरेको छ। त्यस्तै, दमक नगरको प्रमुख पदमा पार्टीका क्षेत्रीय इञ्चार्ज गगन पुरी रेवतराजले आफ्नो उम्मेदवारी दुई महिनाअघि नै घोषणा गरिसक्नु भएको छ।

उप प्रमुख पदमा आदिवासी जनजाति महासङ्घकी केन्द्रीय सचिव शान्तिदेवी धिमाललाई चयन गरिएको छ। कमल नगरपालिकामा प्रमुखमा अधिवक्ता विमल सङ्ग्रौला र उप-प्रमुखमा गौरी राईलाई चयन गरिएको छ।

गौरादह नगरपालिकामा पार्टीका नगर इञ्चार्ज पुष्प ढकाललाई प्रमुखमा र अर्पना राजवंशीलाई उप प्रमुखका लागि छनोट गरेको पार्टीका नगर सहसंयोजक कुमार खतिवडाले जानकारी दिनुभयो।

पार्टीले शिवसताक्षी नगरपालिकामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव महेन्द्र भट्टराई र कचाली ताजपुरियालाई छनोट गरेको छ। भद्रपुर नगरपालिका बाट शिवराज राजभण्डारी र स्वर्णिका सिंह, मेचीनगर नगरपालिका बाट हंसलाल राजवंशी र इन्दिरा कार्की, कनकाई नगरपालिमा कृष्णप्रसाद घिमिरे र शान्ता अधिकारी, अर्जुनधारा नगरपालिकामा भूपेन्द्र न्यौपाने र अस्मिता तामाङलाई माओवादी केन्द्रको तर्फबाट उम्मेदवार छनोट गरेको छ।

माओवादी केन्द्रको बुद्धशान्ति नगरपालिका प्रमुखमा सुरेश बराइली र खड्ग बहादुर तिम्सिना (पवन) मध्ये एक जनाको निर्णय हुने भएको छ। कचनकवल गाउँपालिकाको अध्यक्षमा हंसनारायण राजवंशी र उपाध्यक्षमा ईश्वरीमाया गाइने, झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगाईं र उपाध्यक्षमा पबित्रा राजवंशी छन्।

त्यस्तै, गौरीगञ्ज गाउँपालिकामा विद्यानन्दसिंह राजवशींलाई गाउँपालिकाको अध्यक्ष र कल्पना राईलाई उपाध्यक्ष पदको उम्मेदवार बनाउने पार्टीले बताएको छ। हल्दिवारी गाउँपालिकाको अध्यक्षमा तुलसी ओली र उपाध्यक्षमा टुङ्गो लाग्न बाँकी छ। बाह्रदशी गाउँपालिकाको अध्यक्षमा देबेन्द्र चम्लागाईँ , देबी ओझा र लक्ष्मी राजवंशीको नाम चर्चामा आए पनि टुंगो लाग्न सकेको छैन्।-अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर