Aamsanchar

सुनसरी :  हवाई फायर गरी २२५ किलो गाँजासहित एक जना पक्राउ

Author Image
बिहिवार, फागुन २२, २०८१

सुनसरी ।  सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित जंगलको बाटो हुँदै लागुऔषध गाँजा ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले ३ राउण्ड हवाई फायर गर्दै एक जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान, र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले विष्णुपादुका क्षेत्रबाट रेल्वेतर्फ गइरहेका शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रममा हवाई फायर गरेको हो। सोही क्रममा धनकुटा साँगुरीगढी नगरपालिका–९ निवासी ४३ वर्षीय हरि कुमार राईलाई पक्राउ गरिएको छ।

प्रहरीले घटनास्थलबाट ९ वटा भारीमा बाँधिएको २२५ किलोग्राम गाँजा बरामद गरेको छ। ओसारपसारमा संलग्न अन्य व्यक्तिहरू भने फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। साथै, घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर