काठमाडौ :

राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन उद्देश्यले सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार ९ गतेका लागि सारेको छ । यसअघि जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरिएको थियो ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले दोस्रो चरणको निर्वाचन असार ९ गतेका लागि सार्ने निर्णय गरेको उर्जामन्त्री जनाद्र्धन शर्माले बताउनुभयो ।
राजपालाई निर्वाचन आयोगमा दर्ता गर्न र चुनाव चिन्ह दिनका लागि निर्वाचन आयोगलाइ समय अपर्याप्त हुन भएकोले निर्वाचनको मिति सारिएको एक मन्त्रीले बताए ।
मन्त्रिपरिषदले निर्वाचन ऐनको दफा १८ संशोधन गर्ने निर्णय पनि गरेको छ ।
Views: 81

